Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बैंक तथा वित्तीय संस्था आजदेखि नियमित सञ्चालन

    बैंक तथा वित्तीय संस्था आजदेखि नियमित सञ्चालन

    अनलाइन नेपाल
  • बिहिबार, २९ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    काठमाडाैँ । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि जारी बन्दाबन्दीको समयमा समयतालिकाअनुसार सञ्चालन हुँदै आएका म्याग्दीका बैंक तथा वित्तीय संस्था आजदेखि नियमितरूपमा सञ्चालनमा आउने भएका छन् ।

    आर्थिक वर्षको अन्तिम चौमासिकको भुक्तानी र सेवाग्राहीको चापलाई मध्यनजर गर्दै बिहान ११ देखि ३ बजेसम्म नियमित सेवा प्रवाह गर्न आह्वान गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिए ।



    चैत ११ देखि जारी लकडाउनको शुरुआतमा सबै बैंक तथा वित्तीय संस्थालाई पूर्णरूपमा बन्द गरिएको थियो । एक महिनायता बैंक तथा वित्तीय संस्थालाई हप्तामा एक र दुई दिन गरी समय तालिका दिएर सेवा सञ्चालन गराउँदै आइएको थियो । भीडभाड हुने र कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै समयतालिकाअनुसार सेवा प्रवाह गराउँदै आएका बैंक तथा वित्तीय संस्थाले आजदेखि भने नियमितरुपमै सेवा प्रवाह गर्न पाउने भएका हुन् ।



    जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्दा सेवाग्राहीबीचमा तीन फिटको भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने र स्यानिटाइजरको प्रयोगलगायत स्वास्थ्य सावधानी अपनाएर मात्रै सेवा दिन आग्रह गरेको छ । त्यसैगरी सेवा प्रदायक र सेवाग्राही दुवैले अनिवार्यरूपमा मास्कको प्रयोग गर्ने, सेवाग्राहीको दैनिक विवरण राख्नेलगायतका शर्तहरुको पालना गरेर सेवा सञ्चालन गराउन निर्देशन दिइएको सहायक प्रजिअ सुवेदीले बताए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार