Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • कोरोना अपडेट: विश्वभर ४ लाख १८ हजारको मृत्यु, संक्रमित साढे ७४ लाख नजिक

    कोरोना अपडेट: विश्वभर ४ लाख १८ हजारको मृत्यु, संक्रमित साढे ७४ लाख नजिक

    अनलाइन नेपाल
  • बिहिबार, २९ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार १६५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख १८ हजार १३७ पुगेको छ ।

    कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा विहिबार बिहानसम्म १ लाख ८० हजार ९४१ जनाको मृत्यु भएको छ ।



    २१ लाख ३९ हजार ७३८ जना संक्रमित भएकोमा ११ लाख २० हजार ७७७ जना संक्रमणमुक्त भएका छन् ।



    उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३९ हजार ६३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख ५५ हजार ४४९ पुगेको छ । त्यसमध्ये ९ लाख ८३ हजार ५३९ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै एसियाली मुलुकहरुमा ३७ हजार ८१ जनाको मृत्यु भएको छ । १४ लाख ६२ हजार १९६ जना संक्रमित भएकोमा ८ लाख ८९ हजार ४२४ जना संक्रमणमुक्त भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरुमा ५४ हजार ६२३ जनाको मृत्यु भएको छ । १२ लाख ६७ हजार ११५ जना संक्रमित भएकोमा ६ लाख २५ हजार ७७३ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरुमा ५ हजार ७१७ जनाको ज्यान गएको छ भने २ लाख १२ हजार ११ संक्रमित छन् । संक्रमितमध्ये ९७ हजार १६३ जना संक्रमणमुक्त भएका छन् ।

    त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८८७ जना संक्रमित भएकोमा ८ हजार ३३२ जना संक्रमणमुक्त भएका छन् ।

    विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७४ लाख ४६ हजार नाघेको छ ।

    यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३४ हजार ५९३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७४ लाख ४६ हजार ११७ पुगेको छ ।

    ३३ लाख २ हजार ३२१ जनाको उपचार भइरहेकोमा ५३ हजार ८१२ जनाको अवस्था गम्भीर छ । ३७ लाख २५ हजारभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार