Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • भोलीबाट पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर लागू

    भोलीबाट पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर लागू

    अनलाइन नेपाल
  • बुधबार, २८ जेष्ठ २०७७
  • 4K
    SHARES

    काठमाडौं। सरकारले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको छ । यो निर्णय उपत्यका र कोरोनाको संक्रमण जोखिम कम भएका जिल्लाहरुमा लागू हुने छ। तर, जोखिमयुक्त जिल्लाहरुमा भने सरकारको यो निर्णय लागू हुने छैन ।

    सरकारले भोलिबाट नै बजार खोल्न दिने निर्णय गरेको  हो । मन्त्रिपरिषद्को बुधबार राती सम्पन्न बैठकले  निजी सवारीसाधन जोर-बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि गरेको स्रोतले वतायो ।



    यस वर्ष एसइइको नियमित परीक्षा नहुने भएको छ ।  बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको उर्जा मन्त्री वर्षमान पुनले बताए ।



    बैठकका निर्णय औपचारिकरुपमा सार्वजनिक गरिएको छैन । ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन संचालन गर्न दिने निर्णय भएको छ । ती सवारी साधन जोर-बिजोर प्रणालीमा संचालन हुनेछन् । लामो रुटकालाई भने अहिले अनुमति नदिने निर्णय भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार