काठमाडौं । सशस्त्र प्रहरीका तीन अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ ।
आज साँझ बसेको मन्त्रीपरिषद् बैठकले सशस्त्रका तीन जना एआईजीको सरुवा गरेको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल तत्कालै सरुवा गर्ने मनस्थितिमा नभएको भए पनि गृहसचिव महेश्वर न्यौपानेको दबाबका कारण सरुवा गरिएको स्रोतको भनाई छ ।
सचिव न्यौपानेले सरुवा प्रस्ताव नल्याए गृहमन्त्रालयले सरुवा अघि बढाउने चेतावनी दिएपछि मंगलवार आईजीपीले सरुवाको प्रस्ताव ल्याएका थिए ।
सरुवाअनुसार कार्यविभागमा रहेका एआईजी नारायणबावु थापाको ऐकेडेमी, एकेडेमीमा रहेका पुष्पराम केसीको मानवश्रोत विभाग र मानवस्रोतमा रहेका रामशरण पौडेलको कार्यविभागमा सरुवा भएको छ ।
Leave a Reply