काठमाडौं। महानगरिय प्रहरी परिसर ललितपुरले पाटन अस्पतालको आइसियूबाट अल्ट्रासाउन्ड मेसिन चोरी गरेको आरोपमा डाक्टर प्रवीण मिश्र र अहेव रमेशकुमार शर्मालाई पक्राउ गरेको छ ।
पक्राउ परेका डाक्टर डिएन्डबी मेडिकेयर बर्दिबासमा कार्यरत र शर्मा बर्दिबासकै अस्पतालमा कार्यरत अहेव रहेको खुलेको छ ।
कम्पनीबाट मेसिन मर्मत गर्न आएको भन्दै आइसियूमा छिरेर उनीहरूले चोरी गरेको प्रहरीको भनाइ छ ।
करिब २१ लाख रुपैयाँ पर्ने सो पोर्टेबल अल्ट्रासाउन्ड मेसिनलाई उनीहरूले चोरी गरेको प्रहरीले जनाएको छ । महानगरिय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार गत १७ जेठमा मेसिन चोरी भएपछि अस्पतालले उजुरी गरेको थियो ।
प्रहरीले चोरी गरिएको मेसिन बरामद गरी उनीहरूलाई चोरी मुद्दामा कारबाही अघि बढाएको छ ।
Leave a Reply