Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रतिनिधिसभा बैठक : एक मिनेटमा प्रधानमन्‍त्रीलाई गगनको ७ प्रश्न

    प्रतिनिधिसभा बैठक : एक मिनेटमा प्रधानमन्‍त्रीलाई गगनको ७ प्रश्न

    अनलाइन नेपाल
  • बुधबार, २८ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्ष दलका नेता गगनकुमार थापाले प्रश्नै प्रश्न तेस्र्याए ।

    प्रधानमन्त्री ओलीले संसदहरुले उठाएको प्रश्नको जवाफ दिइसकेपछि सभामुखले जवाफको सन्दर्भमा स्पष्टिकरण माग गर्न १ मिनेटको समय दिएका थिए ।



    उक्त समयमा बोल्दै नेता थापाले भने प्रधानमन्‍त्रीको आजको कुरा सुनीसकेपछि कोरोना भाइरसको बारेमा मलाई के लाग्यो भने प्रधानमन्त्रीजीलाई धेरै कुरा थाहा छैन तर, थाहा छैन भन्ने कुरा थाहा छैन । त्यसैले डरलाग्दो भयो ।’



    थापाले प्रधानमन्त्रीलाई सोधेका प्रश्नहरु
    १. यो सरकारले ५ वटा पिसिआर मेसिन किनेको छ, तर पाँच वटै किन चल्दैन ?
    २. क्वारेन्टाइनबारे आफूले बनाएको मापदण्ड पढ्नुभएको छ ?
    ३. हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो ?
    ४. नेपालमा मृत्यु हुनेहरुको संख्या कम छ भन्ने उमेर र समूहको आधारमा मृत्यु भएको विश्वब्यापी संख्यासँग दाँजेर हेर्नुभएको छ ?
    ५. भ्रष्टाचारको विषयमा स्वास्थ्य सामाग्रीको सूची राखेर संसदमा छलफल गर्नका लागि म प्रधामन्त्रीलाई खुला आह्वान गर्छु, तयार हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?
    ६. जुन अवस्थामा भारतबाट नेपाली नागरिकहरु ल्याइएका छन्, ती व्यक्ति हुन् कि नेपाली नागरिक हुन् ?
    ७. ति नेपाली नागरिकको बारेमा चिन्ता गर्ने, ति आउँदैछन् भन्ने जानकारी राख्ने, तिनको लागि क्वारेन्टाइनको तयारी गर्ने सम्माननीय प्रधानमन्त्रीको सरकारको हो वा हामीले गरिदिनुपर्ने ? त्यसको तयारी गरेको भए आज तिनलाई दोष दिएर बस्नुपर्थ्यो वा आज हामी एउटा पनि कोरोना संक्रमण नभएको वा कम भएकोमा न्युजिल्याण्डको प्रधानमन्त्री नाचेको जस्तो हाम्रो प्रधानमन्त्री हेर्न पाइन्थ्यो ?

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार