Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • ७४ दिनसम्म लकडाउनको सरकारी तयारी खोइ ?

    ७४ दिनसम्म लकडाउनको सरकारी तयारी खोइ ?

    अनलाइन नेपाल
  • बुधबार, २८ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं। न्युरोडका कपडा व्यवसायीले सुरक्षित ढंगबाट पसल /व्यवसाय खोल्न पाउनु पर्ने माग राख्दै प्रदर्शन गरेका छन् ।

    लकडाउन भएको झन्डै तीन महिना हुन लाग्दा पनि सरकारले अन्य विकल्पको खोजी नगरेको भन्दै उनीहरुले आपत्ति समेत जनाएका छन् । कपडा व्यवसायीले बुधबार बिहान पसल खोलेका थिए ।



    अत्यावश्यक सामग्रीबाहेकको पसल खोल्न नदिने सरकारको निर्णयअनुसार प्रहरीले पसल बन्द गर्न लगाएका थिए ।



    प्रहरीको हस्तक्षेप मान्दै व्यवसायी आन्दोलित भएका छन् । उनीहरुले ‘रहरले होइन बाध्यताले आएको हौँ, ७४ दिनसम्म लकडाउन सरकारी तयारी खोइ ?, घरभाडा मिनाहा गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए  ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार