Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • मेडिकल कलेजको एम्बुलेन्सबाट ५६ किलो गाँजासहित ३ जना पक्राउ

    मेडिकल कलेजको एम्बुलेन्सबाट ५६ किलो गाँजासहित ३ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २८ जेष्ठ २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । बाराको सिमरास्थित अल्पाइन मेडिकल कलेज टिचिङ अस्पतालको एम्बुलेन्सबाट ५६ किलो लागूऔषध गाँजा बरामद भएको छ ।

    अस्पतालको ना४च ८५९९ नम्बरको एम्बुलेन्सबाट गाँजासहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    वीरगन्ज महानगरपालिका वडा नं. २७ रामपुर टोलमा गाँजा ओसार पसार हुँदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त परिमाणको गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५ बस्ने जितबहादुर वाईवा, सोही ठाउँ बस्ने दिलबहादुर वाईवा र पर्साको बहुदरमाई नगरपालिका–५ भौराटार बस्ने हरिशंकर महतो रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार