Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • लकडाउन मोडालिटीबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै

    लकडाउन मोडालिटीबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै

    अनलाइन नेपाल
  • बुधबार, २८ जेष्ठ २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल गर्न आज दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।

    कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लामो समयको लकडाउनले धेरैको जीविकोपार्जनमा समस्या भएपछि सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ ।



    गत चैत ११ गतेदेखि नेपालभर गरिएको लकडाउन जेठ मसान्तसम्म जारी छ ।



    उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा बुझाइसकेको छ ।

    दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

    यसअघि कोभिड १९ क्राइसिस म्यानेजमन्ट सेन्टर (सीसीएमसी) ले ६ चरणमा लकडाउन खुकुलो गर्ने गरी प्रस्ताव बुझाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार