Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • प्रहरी हिरासतमै झुण्डिएको अवस्थामा फेला परे शम्भु सदा

    प्रहरी हिरासतमै झुण्डिएको अवस्थामा फेला परे शम्भु सदा

    अनलाइन नेपाल
  • बुधबार, २८ जेष्ठ २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । धनुषामा एक युवक प्रहरी हिरासतभित्रै झुण्डिएको अवस्थामा फेला परेपछि स्थानीयहरु आक्रोशित बनेका छन् ।

    धनुषाको इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा रहेका सबैला नगरपालिका वडा नम्बर १२ बस्ने २४ वर्षीय शम्भु सदा मुसहर प्रहरी कार्यालयको शौचालयभित्र झुण्डिएको अवस्थामा भेटिएका हुन् ।



    प्रहरी हिरासतभित्रै मुसहर मृत भेटिएपछि घटना शंकास्पद रहेको भन्दै स्थानीयबासी प्रदर्शनमा उत्रिएका हुन् ।



    प्रदर्शनका क्रममा उनीहरुले बरकुर्वा सडक अवरुद्ध गरेका छन् भने इलाका प्रहरी कार्यालय सबैलाको भ्यानमा तोडफोडसमेत गरेका छन् ।

    उनीहरु छानविनको माग गर्दै तोडफोड उत्रिएपछि प्रहरीले आश्रुग्यास र एक राउण्ड हवाई फायर समेत गरेको छ।

    आन्दोलनकारीले प्रहरी चौकीमा समेत ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार