Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सीडीओकाे निर्णय प्रहरीले मानेन

    सीडीओकाे निर्णय प्रहरीले मानेन

    अनलाइन नेपाल
  • मंगलबार, २७ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । उपत्यकका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले पसल खोल्न अवरोध नगर्ने निर्णय केही दिनअघि गरेका थिए। तर प्रहरीले लकडाउनकाे अवधि नसकिएकाे भन्दै पसल खोल्न दिएकाे छैन।

    प्रहरीले न्यूरोडसहित विभिन्न क्षेत्रमा खुलेका पसललाई लकडाउनकाे अवधि नसकिएकाे भन्दै बन्द गराएकाे छ । सरकारले लकडाउनको मोडालिटीमा कुनै परिवर्तन नगरेको बताउँदै प्रहरीले लकडाउन कार्यान्वयनमा कडाइ गरिरहेको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएकाे छ।



    महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले सरकारको आदेश जुन मोडालिटीमा छ, त्यही अनुसार प्रहरीले कार्यान्वयन गरिरहेको बताए । उनले भने, ‘हामीलाई आदेश नआउञ्जेल कडाइ नै हुन्छ ।’ उनका अनुसार मंगलबार बिहान मात्रै लकडाउन उल्लंघन गरेको आरोपमा उपत्यकाका तीन जिल्लाबाट १७ सय सवारीसाधन नियन्त्रणमा लिइएका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार