Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • रुपन्देही हत्याकाण्डको अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा छानविन समिति गठन

    रुपन्देही हत्याकाण्डको अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा छानविन समिति गठन

    अनलाइन नेपाल
  • मंगलबार, २७ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा छानविन समिति गठन गरिएको छ।

    हत्याकाण्डको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीसँगै प्रदेश ५ प्रहरी कार्यालयले प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार वैदवारलाई पनि खटाएको प्रदेश प्रहरी प्रमुख डिआईजी रविन्द्रसिंह धानुकले बताए ।



    गएराती मैनहवा गाउँको कान्छि बजारमा रहेको गंगादेवी पशुपालन गाई फार्ममा पाँच जनाको हत्या भएको थियो ।



    उक्त घटनामा मृत्यु हुनेमा सात वर्षका करण चौधरी, १७ वर्षका आशिष चौधरी, ३५ वर्षका जानकी मुसहर, ४० वर्षका माधव मुसहर र १४ वर्षका पोषराज मुसहर रहेका छन् ।

    डिआईजी धानुकका अनुसार माधव र जानकी श्रीमान–श्रीमती हुन्।पाँचै जनाको कोदालो प्रहार गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

    गोठमा काम गर्ने पाँचजनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।

    प्रहरीले हत्याको अभियोगमा सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीलाई नियन्त्रणमा लिएको छ।

    घटनापछि भुसको गोदाममा लुकेको अवस्थामा स्थानीयले सिंजालीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

    गाउँलेले उनलाई प्रहरीको जिम्मा लगाउँदा सिंजाली अचेत अवस्थामा थिए । उनको स्थानीय क्रिमसन अस्पतालमा उपचार जारी छ ।

    उनले हत्या गरेको स्वीकारेको प्रहरी दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार