Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ओलीलाई चेतावनी दिंदै गगनले मागे १० अर्वको हिसाव

    ओलीलाई चेतावनी दिंदै गगनले मागे १० अर्वको हिसाव

    अनलाइन नेपाल
  • मंगलबार, २७ जेष्ठ २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्रीको अहंकारले कोरोना रोकथाम नभएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै कांग्रेस सांसद थापाले ‘सबै कुरा म जान्छु’ भन्ने प्रधानमन्त्रीको अहंकारका कारण कोरोनाको महामारी रोक्न समस्या भएको बताएको छ ।

    सरकारको अकर्मन्यता र असक्षमताका कारण कारोना महामारीको अवस्था आएको भन्दै उनले चर्को आलोचना गरेका छन्। सरकारले कसैको सुझाव नसुन्दा कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर गएको थापाकाे भनाइ छ।



    सरकारले अदालत, प्रेस तथा विज्ञ कसैका कुरा नसुनेर अहंकार देखाएको थापाको आरोप छ। उनले सरकारले कोरोना नियन्त्रणका लागि खर्च गरेको १० अर्ब कहाँ खर्च गरेको हिसाब चाहिने बताए। ‘हामी अब प्रश्न गर्छौ, उत्तर चाहन्छौ र जवाफदेहिता बनाउँछौं। १० अर्ब रुपैया कहाँ खर्च भयो। ५ वटा पिसीआर किन्ने २५ हजार किट किन्ने। १० अर्बको हिसाब देखाउनु पर्दैन?’ उनको प्रश्न छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार