Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • चौधरी समुहमाथि केन्यामा पनि श्रम शाेषण गरेको आराेप

    चौधरी समुहमाथि केन्यामा पनि श्रम शाेषण गरेको आराेप

    अनलाइन नेपाल
  • मंगलबार, २७ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं। चौधरी समूहले नेपालमा मात्र नभइ केन्यामा समेत बिदेशीलाई श्रम शाेषणगरेको खुलेको छ। नेपालमा चौधरी समुह अन्तर्गत काम गर्ने हजारौ कर्मचारीलाई लकडाउनमा जागिरबाट निकालिएको समाचार बाहिर आएको बेला  बिदेशमा समेत कर्मचारी निकालेर चौधरी समुहले बदनामी कमाएको छ।

    केन्यामा चौधरी समूहले ३ अर्ब २० करोड रुपैयाँमा केन्यामा दुई होटेल बन्द भएका छन्। कोरोना भाइरस संक्रमण सुरु हुनु अघि चौधरी समूहले ११६ वर्षअघि नैरोबीमा खुलेको  होटेल द फेयरमण्ट नरफक र फेयरमन्ट मारा सफारी क्लबको स्वामित्व साउदी राजकुमार अल वालीद विन तलालको कम्पनी किङडम होल्डिङबाट किनेको थियो।



    १४ जेठमा दुवै होटेलका व्यवस्थापनले कोरोना संक्रमण र हालै आएको बाढीको कारण फेयरमन्ट मारा सफारी क्लबमा क्षति पुगेको देखाउँदै सबै कर्मचारीलाई हटाएको अफ्रिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।



    तर, यसरी कर्मचारीलाई अवकाश दिएको प्रति होटेलका कर्मचारीले भने श्रम अधिकार उल्लंघन भएको बताएका छन्। कर्मचारीले या त कोरोना संक्रमणको जोखिम नसुल्झिएसम्म बेतलवी बिदा दिनुपर्ने, नभए आधा तलवमा काम लगाउनुपर्ने माग गरेका थिए।

    तर होटेल व्यवस्थापनले एकपक्षीय रुपमा सूचना निकालेर सबै कर्मचारीलाई अवकाश दिएको घोषणा गरेको अफ्रिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

    समाचार एजेन्सीका अनुसार त्यहाँको ट्रेडयुनियनको विरोधपछि केन्या सरकारले होटेल व्यवस्थापनलाई सबै कर्मचारी हटाउनुको कारण सोधेको थियो। त्यसलगत्तै २२ जेठमा होटेल व्यवस्थापनले सबै कर्मचारी बर्खास्त गर्ने निर्णय फिर्ता लिएको भने पनि दुवै होलटको पुनरसंरचना गर्नु पर्ने र त्यस कामका यो वर्षभरि नै समय लाग्ने बताएको थियो। एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार