Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • रुपन्देहीमा महिलासहित पाँच जनाको हत्या, एक जना पक्राउ

    रुपन्देहीमा महिलासहित पाँच जनाको हत्या, एक जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २७ जेष्ठ २०७७
  • 4.8K
    SHARES

    काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । कान्छीबजार नजिकै मैनहवा गाउँमा एक व्यक्तिले आफ्नै ५ जना साथीको हत्या गरेका हुन् ।

    मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् । मैनहवास्थित गाउँमा सोमबार राति एक युवकले आफ्नै साथीहरुको हत्या गरेका हुन् । मृतक र हत्या गर्ने दुवै स्थानीय कुखुरा फार्ममा काम गर्ने मजदुर रहेको प्रहरीले जनाएकाे छ।



    किन र कसरी हत्या गरे भन्ने खुल्न सकेको छैन । वडाध्यक्ष ब्यासमुन थारुले पनि घटनाको पुष्टि गर्दै आफू त्यस गाउँमा जान लागेको बताए । घटनास्थलमै चार जनाको हत्या भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको शंकामा एकजना पक्राउ गरेको छ ।



    डिएसपी खड्गबहादुर खत्रीले एउटा फार्ममा शव भेटिएको पुष्टि गर्दै अनुसन्धानको लागि टोली परिचालन गरिएको बताए । पक्राउ पर्ने व्यक्ति लागुऔषध दुर्व्यसनी रहेको र उनैले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार