Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • अमेरिकामा कोरोनाले १ लाख १३ हजार बढीको मृत्यु

    अमेरिकामा कोरोनाले १ लाख १३ हजार बढीको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २७ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मंगलबार बिहान साढे ५ बजेसम्म १ लाख १३ हजार ५० जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा थप ५८२ जनाको मृत्यु भएको छ । भने काेरोना भाइरसको महामारीले अमेरिकामा दैनिक मृत्यु हुनेको संख्या घट्दो क्रममा रहेको छ ।



    १५ दिनअघिसम्म कोरोना भाइरसको महामारीले दैनिक २ हजार देखि २५ सयसम्म मानिसको मृत्यु भएको अमेरिकामा अहिले यो दर ६ सयको हाराहारीमा आएको छ।



    यस्तै एकै दिन १८ हजार २४२ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २० लाख २५ हजार ६९१ पुगेको छ ।

    कुल संक्रमितमध्ये ७ लाख ७१ हजार ७१३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ४० हजार ९२७ जनामध्ये १६ हजार ९०४ जनाको अवस्था गम्भीर रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार