Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कोरोना महामारीमा सरकारले खर्च गरेको १० अर्ब रुपैयाँको छानविन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीको रोकथाम र नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको ठहर गरेको छ ।

सरकारले सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको काँग्रेसले ठहर गरेको छ । पार्टी कार्यालय सानेपामा सोमबार बसेको बैठकले पर्याप्त स्वास्थय सामाग्री आपुर्ति गर्न नसक्नु, आपुर्ति गरिएका स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार हुनु, व्यवस्थित क्वारेन्टिन नहुनु, क्वारेन्टाइनमा रहेकाको कोरोना परीक्षण गर्न किटको अभाव हुनु लगायतले सरकारको असफलता उदांगो गरेको ठहर गरेको छ ।

बैठकमा कोरोना महामारीमा सरकारले खर्च गरेको १० अर्ब रुपैयाँ र स्वास्थ्य क्षेत्रमा भएका अनियमतिाको बिषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग उठेको थियो।

कोभिड–१९ विरुद्धको लडाईमा अग्रपक्तिमा रहेर काम गर्नेहरुका लागि स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराउन पनि कांग्रेसले माग गरेको छ।

आइसोलेसन सेन्टर र प्रयोगशालाको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउनेहरुलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्ने प्रबन्ध गर्न नसक्नु पनि सरकारको कमजोरी भएको कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077