Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भारतले नेपालका ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माण गर्ने

    भारतले नेपालका ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माण गर्ने

    अनलाइन नेपाल
  • सोमबार, २६ जेष्ठ २०७७
  • 3.7K
    SHARES

    काठमाडौं। भारतले नेपालमा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माण गर्ने भएको छ। नेपालका गोरखा, नुवाकोट, धादिङ,, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माण हेतु भारतीय राजदूतावास तथा नेपाल सरकार शिक्षामन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले ७ वटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

    नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु २.९५ अर्ब आर्थिक सहयोगमा यी विद्यालयहरुको पुनःनिर्माण गरिने भारतीय दुताबासले जनाएको छ।



    भूकम्प प्रतिरोधी क्षमताको लागि यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुनःनिर्माण हुने दुताबासले जनायो।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार