Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ६ जनाको ज्यान गएको रुकुम घटनाको अनुसन्धानमा ९ सदस्यीय संसदीय समिति गठन

    ६ जनाको ज्यान गएको रुकुम घटनाको अनुसन्धानमा ९ सदस्यीय संसदीय समिति गठन

    अनलाइन नेपाल
  • सोमबार, २६ जेष्ठ २०७७
  • 4.9K
    SHARES

    काठमाडौं । ६ जना युवाको ज्यान जाने गरी भएको रुकुम पश्चिम चौरजहारी घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन गरिएको छ ।

    सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा आज ९ सदस्यीय छानबिन समिति गठन भएको हो ।



    समितिमा एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् ।



    सांसदहरूले छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गरेपछि सभामुख अग्नि साप्कोटाले दलहरूसँग छलफल गरेर समिति बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

    समितिलाई उक्त घटना छानबिनका लागि ३० दिनको समय दिइएको छ ।

    १० जेठमा सोतीस्थित मल्ल थरकी प्रेमिकालाई बिहे गरेर लैजान जाजरकोटबाट गएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए ।

    आक्रमणमा परेर भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सन्दीप (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही, चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको ज्यान गएको थियो ।

    उनीहरू सबैको शव भेरी नदीआसपास भेटिएको थियो । प्रहरीले घटनामा संलग्न भएकाे आशंकामा चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार