Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • चन्द समूहका नेता खत्री थुनामुक्त

    चन्द समूहका नेता खत्री थुनामुक्त

    अनलाइन नेपाल
  • सोमबार, २६ जेष्ठ २०७७
  • 3K
    SHARES

    काठमाडौँ । नेत्रविक्रम चन्द समूहका नेता चक्रबहादुर खत्री थुनामुक्त भएका छन्। सर्वोच्च अदालतको आदेशबमोजिम खत्री राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको रोहवरमा थुनामुक्त भएका हुन्।

    आयोगको केन्द्रीय कार्यालय हरिहर भवनबाट आज थुनामुक्त भएका हलेसी तुवाचुङ्ग नगरपालिका–२ खोटाङ बस्ने चक्रबहादुर खत्रीलाई यही जेठ २३ गते सर्वोच्च अदालतका न्यायाधीशहरु प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले खत्रीलाई आयोगका अध्यक्ष वा सदस्यको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको थियो।



    आदेशमा आयोग केन्द्रीय कार्यालयमा यही जेठ २५ गते खत्रीलाई उपस्थित गराई आयोगका अध्यक्ष वा सदस्यको रोहवरमा थुनामुक्त गर्न भनिएको थियो। सोही अनुसार आइतबार आयोगका सदस्य पौड्यालको रोहवरमा खत्री थुनामुक्त भएका हुन्।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार