Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • मौलिक हक अन्तर्गतका ऐनको नियमावली निर्माण कार्य अन्तिम चरणमा पुग्याे

    मौलिक हक अन्तर्गतका ऐनको नियमावली निर्माण कार्य अन्तिम चरणमा पुग्याे

    अनलाइन नेपाल
  • सोमबार, २६ जेष्ठ २०७७
  • 2.2K
    SHARES

    काठमाडाैं । मौलिक हक अन्तर्गत बनेका १६ वटा ऐनको नियमावली निर्माणको काम सकिएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्हाङ्फेले बताएकी छिन् ।

    सोमबार प्रतिनिधि सभामा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री तुम्बाहाङ्फेले केही नियमावली लकडाउनका कारण अघि बढ्न नसकेको बताइन् ।



    गत वर्ष मौलिक हकसँग जोडिएका १६ वटा ऐन निर्माण भएको र त्यसअन्र्तगतका १४ वटा ऐनको नियमावली बनाउनुपर्नेमा जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन पहिलो संसोधन २०७५, सार्वजनिक सुरक्षा ऐन २०७५ यी दुई ऐनको आवश्यक नरहेको जानकारी गराइन् ।



    अपराध पीडित संरक्षण ऐन २०७५ को नियमावली महान्यायाधिवक्ताको कार्यालयमा गएको भन्दै लकडाउनका कारण छलफल हुन नसकेकोले रोकिएको उनले बताइन् । उनले भनिन्, ‘ नियमावली बनेको छ, अब कार्यान्वयमा जानेछ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार