काठमाडौं । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएका सबै जना जगरनाथपुर गाउँपालिका ६ का बासिन्दा हुन् । संक्रमित हुनेमा २५ वर्षकी एक महिलासहित २०, २५, २७, ३०, ५५ वर्षका पुरुष तथा ३५ वर्षका दुई जना पुरुष रहेका छन् ।
संक्रमित ८ जनालाई क्वारेन्टिनबाट गण्डक कोभिड अस्पताल ल्याउल्याउन लागिएको छ।
उनीहरु भारतको केरला, लुधियाना लगायतका स्थानबाट मजदुरी गरी नेपाल फर्किएका थिए ।
इनर्वा नाका हुँदै नेपाल फर्किएका उनीहरुलाई क्वारेन्टिनमा राखिएको थियो ।
Leave a Reply