Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • लकडाउन खुकुलो हुँदा राजधानीमा तनाव

    लकडाउन खुकुलो हुँदा राजधानीमा तनाव

    अनलाइन नेपाल
  • सोमबार, २६ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    ललितपुर । लकडाउन खुकुलो भएसँगै मानिस राजधानी छिर्न थालेपछि टोल–टोलमा पुनः तनाव हुन थालेको छ । केही दिनयता सरकारी तथा निजी कार्यालय खोलिएलगत्तै मानिस राजधानी फर्किने क्रममा तीव्रता आएपछि त्यसलाई व्यवस्थापनमा गर्न स्थानीय तहलाई हम्मे–हम्मे पर्न थालेको छ ।

    सरकारले विदेश वा घरबाट फर्किने मानिसको तथ्यांक संकलन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । काठमाडौं उपत्यकाका नगरपालिकाहरूको संयुक्त फोरम मेयर फोरमको माग सम्बोधन गर्दै गृह मन्त्रालयले काठमाडौं उपत्यकाका छिर्ने सबै नाकाहरू सिल गरेको थियो ।



    त्यसलगत्तै मानिसहरू उपत्यका आउने क्रममा निकै कमी भएको थियो भने दुई-तीन दिनयता लकडाउन खुकुलो भएसँगै मानिस राजधानी फर्किने क्रममा तीव्रता आएपछि त्यसलाई व्यवस्थापन गर्न कठिन देखिएकाे छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार