Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • भरतपर कोरोना अस्पताल चोरी प्रकरण : एसपी गुरुङद्वारा जाहेरी लिन आनाकानी

    भरतपर कोरोना अस्पताल चोरी प्रकरण : एसपी गुरुङद्वारा जाहेरी लिन आनाकानी

    अनलाइन नेपाल
  • आइतबार, २५ जेष्ठ २०७७
  • 3.2K
    SHARES

    चितवन । भरतपर कोरोना अस्पतालमा भएको चोरीको घटनालाई लिएर किटानी जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी नै नलिएपछि जनप्रतिनिधिहरु आक्रोशित बनेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनले जाहेरी दर्ता गर्न आनाकानी गरेपछि आज भरतपुर महानगर उपप्रमुख पार्बती शाहसहितका जनप्रतिनिधि फर्किएका हुन् ।



    प्रहरीले भने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तिराज गुरुङ कार्यालयमा नभएका कारण उजुरी दर्ता हुन नसकेको वताउने गरेको छ  । सोमबार जाहेरी दर्ता गर्ने आश्वसन पाएपछि जाहेरी दर्तै नगरी भरतपुर महानगर उपप्रमुख पार्बती शाहसहितका जनप्रतिनिधि फर्किएका हुन् ।



    महानगरपालिका प्रमुख रेनु दाहालले चोरीको घटनालाई सामान्य रुपमा लिएको भन्दै कांग्रेसबाट निर्बाचित जनप्रतिनिधिहरु किटानी जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

    उपप्रमुखसहित वडाअध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यहरु पुग्दा एसपी  गुरुङ नभएपछि सोमबार बिहान मुद्धा दर्ता गर्ने आश्वासन संगै टोलि फर्किएको थियो।

    भरतपुर महानगरपालिका वडा नम्बर २१ का अध्यक्ष चित्रसेन अधिकारीले महानगरले चोरीको विषयमा रहेर कुनै कदम नचालेकाले प्रहरीमा जाहेरी दिन लागिएको वताए । घटनालाई लिएर कांग्रेस चितवनका सचिब उत्तम जोशीले प्रहरीले सबैलाई समान रुपले व्यवहार गर्नु पर्ने भन्दै जाहेरी दर्ता गर्नुपर्ने वताए ।

    सर्बसाधारण जनताको चासोको बिषय भएका कारण  प्रहरीले दोषिलाई कारवाही  गर्छ भन्ने पूर्ण बिश्वाशमा चितवन कांग्रेस रहेको उनले वताए।

    उनले भने- ‘उजुरी दर्ता गर्न प्रहरीले आलटाल गरेको देख्दा अचम्म लागेको छ , प्रमुख नै नभए पनि दर्ता गर्न मिल्छ ।’ प्रहरीले सोमबार उजुरी दर्ता नगरे कांग्रेसले चितवन प्रहरीलाई हेर्ने नजर फरक हुने पनि उनले चेतावनी दिएका छन् ।  चितवन प्रहरीले उजुरी दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाउने बिषयमा आफू बिश्वस्त रहेको जोशीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार