Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • करोडाैं राजस्व हिनामिना गर्ने ४ कार्यालय प्रमुखसहित १७ बिरुद्ध मुद्दा

    करोडाैं राजस्व हिनामिना गर्ने ४ कार्यालय प्रमुखसहित १७ बिरुद्ध मुद्दा

    अनलाइन नेपाल
  • आइतबार, २५ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । करोडाैं राजस्व हिनामिना गर्ने ४ कार्यालय प्रमुखसहित १७ बिरुद्ध मुद्दा दायर भएकाे छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडाैँले लकडाउनका बीच पनि अकूत सम्पत्ति आर्जन गरेकाे अभियाेगमा आइतबार ४ करोड रुपैयाँ हिनामिना गर्ने यातायात कार्यालका ४ प्रमुखसहित १७ जनाबिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हाे ।



    यातायात व्यवस्था कार्यालय कोशीमा करिब चार करोड राजश्व हिनामिना हिनामिनामा संलग्न चार जना कार्यालय प्रमुखहरु नयराज नेपाल र तिर्थराज लम्साल, गोपाल थपलिया र भूपेन्द्र राईविरुद्ध मुद्दा चलेको छ । करोडपति नासुका नामले बदनाम भएका लेखापाल सुरेश अधिकारीकै डिजाइनमा यातायात कार्यालयमा ४ करोड हिनामिना गर्ने कार्यालय प्रमुखसहित १७ कर्मचारीबिरुद्ध पनि आज मुद्दा दायर गरिएको छ । उनीसहित केही कर्मचारीलाई यसअघि नै मुद्दा दायर भएको छ ।



    त्यस्तै लेखा अधिकृत टीकाराम अधिकारी, लेखापाल सुरेश अधिकारी, रुद्र दाहाल, अर्जुन भट्टराई, कृष्ण कट्टेल, कम्प्युटर अपरेटर सुजन राई, राकेश रोशन मगर, रमेश पौडेल, भूमिराज अधिकारी, हरिमदन ढुंगेल, दीपेन्द्र कुमार मण्डल, मैया कुमार चापागाई र रविन कुमार विश्वासविरुद्ध मुद्दा दायर भएको हो । मुद्दा खेप्ने कम्प्युटर अपरेटरहरु फोकस वान नेपाल प्रालिका हुन् । लेखापाल सुरेश अधिकारीले राजस्वसमेत हिनामिना गरी करोडौंका महल स्वीमिङपुलसहितका बनाएका थिए भने प्रेमिकाहरु पनि उनका थुप्रै रहेको खुलेको थियो ।

    यसअघि अख्तियारले राजस्व समूहका अधिकृत रमाान्त अर्याल, नगरपालिकाका प्रशासकीय अधिकृत ऋषिराम अर्यालबिरुद्ध करोडौं गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियाे।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार