Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • पीसीआर परीक्षण नगर्ने सरकारले कसरी गर्‍यो १० अर्ब खर्च ?

    पीसीआर परीक्षण नगर्ने सरकारले कसरी गर्‍यो १० अर्ब खर्च ?

    अनलाइन नेपाल
  • आइतबार, २५ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले पीसीआर परीक्षण नगर्ने सरकारले कसरी १० अर्ब खर्च गर्‍यो भन्दै रायमाझीले सरकारलाई प्रश्न गरेका छन्। संघीय संसद् राष्ट्रिय सभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य रायमाझीले यस्ताे प्रश्न गरेका छन्। सरकारले खर्च भयो भनेर मात्रै नपुग्ने भन्दै खर्चको विवरण जानतासामु सार्वजनिक गर्न माग समेत उनले गरे।

    उनले १० अर्ब खर्च हुँदासमेत स्वास्थ्यकर्मीसँग मास्क नहुने, पीपीई नहुने अवस्था हुनु दुःखद् भएको बताए । त्यस्तै आइसोलेसन सेन्टरको अवस्था कमजोर भएकाे भन्दै उनले सरकारकाे चर्काे अालाेचना पनि गरे।



    सरकारले कोरोना नियन्त्रणका लागि काम गर्न नसकेकै कारण मान्छेको मृत्यु भएपछि मात्रै परीक्षण गर्ने र पोजिटिभ रिजल्ट देखाउने गरेको आरोप पनि उनले लगाए ।



    ‘जब मान्छेको मृत्यु हुन्छ अनि मात्र उसको कोरोनाबाट मृत्यु भएको भनेर पोजेजिभ रिजल्ट देखाइन्छ । हाम्रो प्रविधि कस्तो खालको प्रविधि हो ? हामीले कहाँबाट ल्याएको प्रविधि हो ?,’ उनले प्रश्न गरे, ‘किन यस्तो हुन्छ । एउटा मान्छे बिरामी भएर कोरोनाको चापमा परिसकेपछि उसलाई भेन्टिलेटरमा राखेर उसको उपचार गर्नुको सट्टा मृत्यु भइसकेपछि मात्रै प्रमाणित गर्न खोजिको छ ।’

    सरकारले केही दिनअघि कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा अहिलेसम्म सरकारले करिब १० अर्ब रुपैयाँ खर्च गरेको बताएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार