एजेन्सी । भारत र चीनका सैन्य अधिकारीहरु बीच सीमामा बढ्दै गएपछि दुवै देशकाे विदेश मन्त्रालयले समाधानकाे बाटाे तिर लागेका छन्। विवादका सम्बन्धमा शान्तिपूर्ण रुपमा छलफल गरेर समाधान निकाल्ने सहमति भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
भारतीय संचार माध्यमका अनुसार शनिवार सीमा विवादका कारण अहसज परिस्थितिको समाधान गर्न बसेको बैठकमा उक्त सहमती भएको हाे।
सहमति अनुसार हाल विवाद देखिएको सीमा क्षेत्रमा दुवै पक्षले शान्तिपूर्ण रुपमा छलफल गर्नेछन्। लद्दाक र सिक्किममा भारतीय र चिनियाँ सेनाबीच झडप भएपछि सीमा विवाद बढ्दै गएको थियो।
Leave a Reply