Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • नेकपाले बोलायो सचिवालय बैठक

    नेकपाले बोलायो सचिवालय बैठक

    अनलाइन नेपाल
  • आइतबार, २५ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    काठमाडौँ। सत्तारुढ दल नेकपाको सचिवालय बैठक सोमबार ४ बजेलाई बोलाइएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न बैठक सोमबार बोलाइएको सचिवालयका एक सदस्यले बताए ।

    पार्टीमा विवाद भएपछि गठन भएको अध्ययन कार्यदलको सिफारिसविपरीत एमसीसीसँग जोडिएका कार्यक्रम र सहायता रकम नीति कार्यक्रम र बजेटमा परेपछि नेकपामा विवाद बढेको छ ।



    एमसीसीलाई लिएर विवाद बढेपछि यसअघि जेठ १७ गते सचिवालय बैठक बसेको थियो । उक्त बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गरेपछि एमसीसीबारे ठोस निर्णय गर्ने सहमति भएको थियो ।



    प्रधानमन्त्री केपी शर्मा ओली भने संसद्को यहि अधिवेशनबाट सम्झौता अनुमोदन गर्ने पक्षमा छन् । तर, सचिवालयका अन्य बहुमत सदस्य भने यथास्थितिमा सम्झौता अनुमोदन गर्न नहुने पक्षमा छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार