Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • जनता समाजवादी पार्टीमा तीन जना अध्यक्ष हुने गरी विवाद मिल्यो

    जनता समाजवादी पार्टीमा तीन जना अध्यक्ष हुने गरी विवाद मिल्यो

    अनलाइन नेपाल
  • आइतबार, २५ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । नवगठित जनता समाजवादी पार्टी (जसपा)मा तीन जना अध्यक्ष हुने गरी विवाद मिलेकाे छ। स्राेतका अनुसार महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अध्यक्ष रहने निर्णय छ ।

    यस्तै वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई पनि पदाधिकारी रहने छन् । १० बैशाखमा समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीच भएको एकीकरण सहमतिअनुसार आयोगमा निवेदन दर्ता गर्न जान लागेको जसपाका एक नेताले जानकारी दिए ।



    राजनीतिक दल सम्बन्धी ऐनमा एकिकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपि संलग्न गरेर आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ । जसपाले सम्झौता गरेको शनिबार ४५ दिन पुगेको थियो ।



    तर हिजो शनिबार परेकाले आजसम्म निवेदन दिने म्याद बाँकी थियो । निवेदनमा त्यस्ता दलमध्ये कुनै दलको नाममा गाभिने वा नयाँ नाममा एकीकरण हुने कुरा समेत खुलाउनु पर्ने र निवेदनमाथि आयोगले आवश्यक जाँचबुझ गरेर दल दर्ताको प्रमाणपत्र दिने प्रावधान छ ।

    राजनीतिक दल सम्बन्धी ऐनमा ऐनमा दुई वा सो भन्दा पार्टीले सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्ने, एकिकरणको सम्झौता भएको पैँतालीस दिनभित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपि संलग्न गरी आयोगमा निवेदन दिनु पर्ने व्यवस्था छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार