Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • आन्तरिक उडान सुरु गर्ने तयारी

    आन्तरिक उडान सुरु गर्ने तयारी

    अनलाइन नेपाल
  • आइतबार, २५ जेष्ठ २०७७
  • 4.4K
    SHARES

    काठमाडौँ । सरकारले लकडाउनको असार १७ गतेदेखि आन्तरिक उडान खुला गर्ने तयारी गरेको छ ।

    नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरलायन्सका प्रबन्ध निर्देशक सुधीर मित्तल र यति एयरलायन्सका सीइओ उमेश राईबीच आइतबार प्राधिकरणमा भएको बैठकमा असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने सहमति भएको हो ।



    स्राेतका अनुसार पहिलो चरणमा असार १७ देखि काठमाडौं र हिमाली तथा पहाडी रुटको उडान खोल्ने सहमति भएको छ। त्यस्तै पहिलो चरणको १५ दिनपछि साउनबाट देशभरका सबै स्थानको उडान खुल्ला गरिने स्राेतकाे भनाइ छ।



    बुद्ध एयरका निर्देशक रुपेश जोशीले प्राधिकरण र व्यवसायीहरुबीचको छलफलपछि आफ्नो कम्पनीले टिकट बुकिङ खुला गर्न लागेको बताए । सरकारले चैत ९ गतेदेखि व्यवासायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ भने चैत ११ देखि आन्तरिक उडान पनि रोकिएका छन् । सरकारले ६ पटक निर्णय गर्दै उडानलाई जेठ ३२ सम्म रोक लगाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार