Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • दुई प्रहरीमा काेराेना संक्रमण देखिएपछि प्रहरी अस्पताल सिल

    दुई प्रहरीमा काेराेना संक्रमण देखिएपछि प्रहरी अस्पताल सिल

    अनलाइन नेपाल
  • आइतबार, २५ जेष्ठ २०७७
  • 5.4K
    SHARES

    काठमाडौं । प्रहरी अस्पतालमा उपचाररत दुई प्रहरीलाई काेराेना संक्रमण देखिएपछि अस्पताल सिल गरिएकाे छ। शनिवार काठमाडौँमा थपिएका ४ कोरोना सङ्क्रमितमध्ये दुई जना अस्पतालमा नै कोरोना सङ्क्रमित भेटिएपछि महाजगञ्जस्थित प्रहरी अस्पताल अहिले सिल गरिएको छ।

    सङ्क्रमित बिरामीहरूलाई अस्पतालको तीन वटा वार्डमा राखिएको थियो। अहिले दुई जनालाई सशस्त्र प्रहरीको बलम्बुस्थित कोरोना विशेष अस्पतालमा लगिएको छ। बाँकी एक जनालाई भने त्रिवि शिक्षण अस्पताल टिचिङ अस्पताल लगिएको एआइजी सिंहले जानकारी दिइन्।



    सङ्क्रमित प्रहरीमध्ये एक जना अस्पतालमा कार्यरत र एक जना उपचारका लागि अस्पतालमा भर्ना भएको खुलेको छ। एक जना ल्याबमा काम गर्ने प्रहरी हुन्।



    सङ्क्रमित बिरामीको सम्पर्कमा आएका चिकित्सक तथा नर्सलाई क्वारेन्टाइनमा राखिएको छ। अस्पतालमा कार्यरत ३० जना नर्सहरूलाई क्वारेन्टाइनमा राखिएको छ।स्वास्थ्य मन्त्रालयले शनिवार काठमाडौँमा चार जनामा कोरोना पोजेटिभ देखिएको जनाएको थियो। पछिल्लो समयमा ड्युटीमा खटिएका प्रहरीहरू पनि सङ्क्रमित बन्दै गएका छन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार