Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुग्यो

    नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, २४ जेष्ठ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा शनिबार प्रवक्ता डा विकास देवकोटाले धनगढी ४ की ५५ वर्षीया महिलाको कोरोना संक्रमणले मृत्यु भएको पुष्टि गरेका हुन् ।



    मिर्गौला रोगबाट पीडित ति महिलाको जेठ २३ गते दिउसो सेती अस्पतालमा डायलसिस गराउने क्रममा मृत्यु भएको थियो । तर, उनको रिपोर्ट भने शनिबार मात्र आएको हो ।



    यसअघि डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको थियो । २० गते नै मृत्यु भएका उनको आज मात्र रिपोर्ट आएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार