Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • एनआइसी एसिया बैंकका संचालकसहित ८ हाइप्रोफाइल जुवाडे धरौटीमा छुटे

    एनआइसी एसिया बैंकका संचालकसहित ८ हाइप्रोफाइल जुवाडे धरौटीमा छुटे

    अनलाइन नेपाल
  • शुक्रबार, २३ जेष्ठ २०७७
  • 4.6K
    SHARES

    काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौले सोमबार बेलुका जुवा खेल्दाखेल्दै पक्राउ परेका ९ जना हाइप्रोफाइल जुवाडेलाई शुक्रबार धरौटीमा  छाडेको छ ।

    हाइप्रोफाइल जुवाडेमध्ये ८ जनासँग ३० हजार रुपैयाँ धरौटी मागिएको छ भने १ जनासँग ४० हजार मागिएको छ । महानगरीय प्रहरी वृत्त, दरबारमार्गले  होटल गगौंरबाट रामचन्द्र सांघाई, अशोक अग्रवाल, सुरेश अग्रवाल, पुरुषोत्तम अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल आउजा, विमल खेतान, र निक्की जोगाईलाई प्रहरीले पक्राउ गरेको थियो ।



    पक्राउ परेका मध्ये अशोक अग्रवाल गिनीको अवैतनिक दूत भएकाले उनीसँग थप १० हजार रुपैयाँ धरौटी मागिएको छ । उनी सार्वजनिक ओहदामा भएकाले थप धरौटी मागिएको हो ।



    उनीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ बरामद भएको थियो भने जुवा खेल्न प्रयोग भएको एक सय ७९ वटा सिक्का पनि बरामद भएको थियो । उनीहरुले क्यासिनो शैलीमा जुवा खेल्ने गरेका थिए । जसमा करोडौंको खेल हुने गरेको प्रहरीको निष्कर्ष थियो । तर उनीहरुलाई ३० हजार मात्र धरौटीमा छाडिएको छ ।

    पक्राउ पर्नासाथ छुट्नका लागि सबै शक्ति परिचालन गरेका हाइप्रोफाइल जुवाडेहरुमा रामचन्द्र संघाई, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाई हुन् । संघाई एनआइसी एसिया बैंकका संचालक हुन् । उनी त्रिवेणी ग्रुपका पनि संचालक हुन् ।

    संघाई नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनाका उपाध्यक्ष पदका उम्मेदवार समेत हुन् । अशोक अग्रवाल नेपाल लाइफ इन्स्योरेन्स र विशाल ग्रुपका संचालक हुन् । नन्दकिशोर शर्मा ज्योति लाइफ इन्स्योरेन्सका अध्यक्ष हुन् ।

    उनी नेपालका लागि गिनीका अवैतनिक महाबाणिज्य दूत पनि हुन् । पुरुषोत्तम घिराइया कपडा ब्यापारी हुन् । गोविन्दराम सरिया झापाको चिया उद्योगीको भेषमा हुन्डीको कारोबार गर्दैआएका छन् ।

    पक्राउ परेकामध्ये जोगाइ होटलका सञ्चालक हुन् । भारतीय नागरिक होटल संचालक जोगाई अशोक अग्रवालका ज्वाई हुन् । बिमल आहुजा विशाल ग्रुपकै संचालक हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार