Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सांसद गिरीकाे आक्राेश: संसदमा चीनको इशारा चल्याे

    सांसद गिरीकाे आक्राेश: संसदमा चीनको इशारा चल्याे

    अनलाइन नेपाल
  • शुक्रबार, २३ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गंगा चौधरीलाई टार्गेट गरी संसदमा चीनको इशारा चल्याे की भन्दै प्रश्न गरेकी छन्। उनले आफ्नो विषयमा संसदमै हेट स्पिच (घृणा फैलाउने अभिव्यक्ति) दिएको भन्दै कारबाहीको माग समेत गरेकी छन् ।

    सांसद गिरीले आफूलाई भारतीय दलाल भनेकोमा आपत्ति मात्र जनाइनन्, सांसद चौधरीमाथि पनि प्रश्न उठाइन् । चौधरीका पति दाङको राप्ती गाउँपालिकामा चुनाव लड्दा भारु बाँडेको र गाउँलेले समात्दा यो भारु त चीनको तर्फबाट बाँडेको भनेको दाबी गर्दै उनले भनिन्, ‘कुनै ठूलो शक्तिको आड विना कसरी आरोप लगाइयो ? कतै उत्तरी छिमेकी चीनको इशारामा त एक भारतीय चेलीमाथि आरोप लगाइएको होइन ?’



    भारतीय चेली (आफू)लाई कसैले चाँदीको चम्चामा राखेर सभासद पद नदिएको उनले बताइन् । ‘नेपालको कानुनअनुसार आएको हुँ’ भन्दै उनले इतिहासको जानकारी छैन भने आफूसँग लिन र कार्यकर्तालाई प्रशिक्षत गर्न नेकपा नेताहरुलाई आग्रह गरिन् ।



    सांसद गंगा चौधरीको नाम नलिई उनले १९ जेठको त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन समेत माग गरिन् । संसदमा जासुसको आरोप लगाउँछ, दादागिरीको कुरा गरिन्छ भने यो कुनै व्यक्तिमाथि मात्र होइन, संसदमाथि कै आक्रमण हो, उनले भनिन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार