Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ‘भारतीय चेली’ शब्दलाई लिएर संसदमा आक्राेश

    ‘भारतीय चेली’ शब्दलाई लिएर संसदमा आक्राेश

    अनलाइन नेपाल
  • शुक्रबार, २३ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । संघीय संसदकाे प्रतिनिधि सभामा ‘भारतीय चेली’ शब्द प्रयोग गरिएको विषयमा सामाजवादी पार्टीकी सांसद सरिता गिरीले आक्राेश पाेखेकी छन्। उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले आफ्नो विषयमा संसदमै हेट स्पिच (घृणा फैलाउने अभिव्यक्ति) दिएको भन्दै कारबाहीको माग समेत गरेकी छन् ।

    नेकपाकी सांसद गंगा चौधरीले गत जेठ १९ गते ‘संसदमा समेत भारतीय चेलीको दादागिरी’ चल्न थालेको टिप्पणी गरेकी थिइन्।



    शुक्रबार प्रतिनिधि सभाको बैठमा समाजवादी पार्टीकी सांसद गिरीले चौधरीलाई इंगित गर्दै ‘भारतीय चेलीको दादागिरी’ शब्द हटाउन माग गरिन्। शुक्रबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले त्यो अभिव्यक्ति आफूमाथि नभई संसदीय मर्यादामाथि कै आक्रमण भएको बताइन् । उनले भनेकी छन्, ‘नेपालको कानुन अनुसार यो हेट स्पिच कानुनी करबाहीका लागि पर्याप्त हुन्छ । र, म गृह मन्त्रालयको ध्यानाकर्षण गराउँछु कि यसलाई रेकर्डमा लिएर प्रक्रिया अगाडि बढाइयोस् ।’



    उनले पनि चौधरीको नाम लिइनन् तर उक्त अभिव्यक्तिलाई ‘हेट स्पिच’को रूपमा उल्लेख गरिन्। उनले उक्त अभिव्यक्तिका आधारमा कानुनी प्रक्रिया अगाडि बढाउन माग गरिन्।

    यद्यपी संसदमा अभिव्यक्त गरेको विषयमा कुनै कानुनी कारबाही नहुने व्यवस्था संविधानले गरेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार