Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो

    नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २३ जेष्ठ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । विहिबार विहान करिव २ बजे मृत्यु भएका पञ्चपुरी नगरपालिका–१, सानीडाँडाका २० वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    जेठ पहिलो साता भारतबाट आएर क्वारेन्टिनमा बसेका उनको बिहीबार दिउँसो गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए ।



    योसँगै कोरोनाका कराण नेपालमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । मुम्बईबाट आएर दुई सातासम्म विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेका उनको बुधबार दिउँसो गरिएको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको थियो ।



    बुधबार राती घर पुगेका उनको विहिबार विहान मृत्यु भएको थियो । यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा र पाल्पामा १/१ जनाको मृत्यु भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार