Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सालकको खपेटासहित तीन पक्राउ

    सालकको खपेटासहित तीन पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २३ जेष्ठ २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    मकवानपुर । मकवानपुरमा संरक्षित वन्यजन्तु सालकको खपेटासहित तीन जना पक्राउ परेका छन् । सालकको खपेटासहित मनहरि गाउँपालिका–७ रमनटारका ३९ वर्षीय अमिक घलान, हेटौँडा उपमहानगरपालिका–१२ का ३२ वर्षीय लालसिं बोम्जन र चितवनको राप्ती नगरपालिका–७ खुरखुरेका ४५ वर्षीय बुधवा चौधरी पक्राउ परेका हुन्।

    इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरी नायब निरीक्षक जोखन बैठाको टोलीले बिहीबार उनीहरूलाई पक्राउ गरेकाे हाे।



    मनहरि गाउँपालिका–७ स्थित सङ्गछेफेल गुम्बाको पछाडि लामालाई बास बस्न बनाउँदै गरेको भवनमा सालकको खापेटाको कारोवार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी नायब निरीक्षक बैठाको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई खानतलासी गर्दा चौधरीले बोकेको झोलाबाट ६५० ग्राम खपेटा फेला परेको प्रहरीले जनाएको छ ।



    उनीहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय राप्ती, मनहरिमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार