Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • रूकुम हत्या प्रकरण: थप सात जना पक्राउ

    रूकुम हत्या प्रकरण: थप सात जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २३ जेष्ठ २०७७
  • 3.7K
    SHARES

    रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, सोती घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप सात जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले पक्राउ परेकाहरुको नाम, ठेगाना खुलाइएको छैन । गएको जेठ १० गते ६ जनाको हत्यामा संलग्न रहेको आशंकामा ती सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।



    यसअघि वडा नम्बर-८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरेर हिरासतमा राखिएको छ । पीडित परिवारले २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए । जसमा १८ जनालाई म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने दुई जना अझै फरार छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार