Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • रिहा हुनेबित्तिकै विप्लव समूहकी केन्द्रीय सदस्य भुजेल पक्राउ

    रिहा हुनेबित्तिकै विप्लव समूहकी केन्द्रीय सदस्य भुजेल पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २३ जेष्ठ २०७७
  • 2.5K
    SHARES

    गोरखा । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकी केन्द्रीय सदस्य उमा भुजेललाई बिहीवार जिप्रका ललितपुरले पक्राउ गरेको छ । जिल्ला अदालत गोरखाबाट पाँच हजार रुपैयाँ धरौटी तिरेर रिहा भएलगत्तै जिप्रका ललितपुरको पुर्जीअनुसार नियन्त्रणमा लिएर पठाइएको प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

    सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा खेपी गोरखाबाट रिहा हुनेबित्तिकै उनलाई सोही मुद्दामा जिप्रका ललितपुरको पक्राउ पुर्जी थमाइएको थियो । गत पुस १२ गते सुनसरी जिल्लाबाट पक्राउ परेकी उनलाई यसैगरी झापा, धनुषा, कैलाली जिल्ला हुँदै गोरखा ल्याइएको हो ।



    उनी राजनीतिक गतिविधिमा प्रतिबन्धित विप्लव समूहको मेची–कोशी ब्यूरो प्रमुख तथा पोलिटव्यूरो सदस्य हुन् । १० वर्षे सशस्त्र विद्रोहका बेला २०५७ सालको चैत १७ गते उनको नेतृत्वमा छ जना महिलाहरुले गोरखा जेल ब्रेक गरेर फरार भएका थिए । पाँच जिल्लाको मुद्दा खेप्दै बुधवार गोरखा आइपुगेकी भुजेललाई जिप्रका ललितपुरले पक्राउ गरेको हाे ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार