Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउन खुकुलो बनाउने विषयमा छलफल

    लकडाउन खुकुलो बनाउने विषयमा छलफल

    अनलाइन नेपाल
  • बिहिबार, २२ जेष्ठ २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा लकडाउनलाई खुकुलो बनाउने विषयमा छलफल भएको छ। लकडाउन खुकुलो कसरी गर्ने भन्ने विषयमा कार्ययोजना बनाउन उच्चस्तरीय समितिलाई जिम्मेवारी दिइएको छ।

    समितिले बनाएको कार्ययोजनाका आधारमा मन्त्रिपरिषद्ले थप निर्णय गर्ने  छ । व्यवसायीले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि उपत्यकाका तीनवटै प्रशासनले लकडाउन केही हदसम्म खुकुलाे बनाउनकाे लागि सिफारिस गरेका थिए ।



    उपत्यका अधिकांश पसल खुल्न थालेपछि परिस्थिति नियन्त्रणमा लिन तिनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त रुपमा आकस्मिक बैठक बसी राजधानीमा लकडाउन खुकुलो बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेका क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र उच्चस्तरीय समितिमा सिफारिस गरेको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार