Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना भाइरसबाट १० औँ व्यक्तिको मृत्यु

    कोरोना भाइरसबाट १० औँ व्यक्तिको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २२ जेष्ठ २०७७
  • 2.2K
    SHARES

    काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) कारण थप एक जनाको मृत्यु भएको छ ।

    पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।



    मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीका अनुसार रिपोर्ट पोजेटिभ आएपछि भर्खरै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।



    पूर्वखोला – २ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्‍याइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार