Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • सीमा विवाद प्रकरणमा पाकिस्तानी सेना प्रमुखले खाेले मुख

    सीमा विवाद प्रकरणमा पाकिस्तानी सेना प्रमुखले खाेले मुख

    अनलाइन नेपाल
  • बिहिबार, २२ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    एजेन्सी । पाकिस्तानी सेनाप्रमुखले नेपाल र चीनले मिलेर भारतलाई लज्जित तुल्याएको बताएका छन् । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल बाबर इफ्तिकारले बुधवार एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सो कुरा बताएका हुन् ।

    उनले चीनसँगको सीमामा अनि नेपालसँगको सीमामा भारतले बेइज्जती खेप्नुपरेको बताए । उनले भने, ‘चीनसँगको सीमामा अनि नेपालसँगको सीमामा भारतले बेइज्जती खेप्नुपरेको छ । कोरोना भाइरस महाव्याधिको राम्रो व्यवस्थापन गर्न नसकेर ऊ लज्जित भइरहेको छ । मजदूरहरूको पलायनबाट नै भारतको कुव्यवस्थापन झल्किन्छ । त्यहाँ भाइरस तीव्र गतिमा फैलिँदैछ र अर्थतन्त्र सुस्त बनेको छ ।’



    अन्तर्वार्ताका क्रममा उनले भारतले पाकिस्तानविरुद्ध फल्स फ्ल्याग अपरेसन (युद्ध शुरू गर्नका लागि झूटो कारवाही) चलाउन खोेजेको र त्यसका लागि भूमिका बनाइरहेको बताउँदै पाकिस्तानले नियन्त्रण रेखापारि कोरोना संक्रमित आतंकवादीहरू पठाइरहेको आरोप भारतले लगाएको उनले बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार