Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • रूकुम हत्या प्रकरण: वडाध्यक्षसहित १८ जनालाई १० दिन थुनामा राख्न अनुमति

    रूकुम हत्या प्रकरण: वडाध्यक्षसहित १८ जनालाई १० दिन थुनामा राख्न अनुमति

    अनलाइन नेपाल
  • बिहिबार, २२ जेष्ठ २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । जिल्ला अदालत रुकुमले रूकुम पश्चिमकाे हत्याकाण्डमा अनुसन्धानका लागि पक्राउ परेका चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित १८ जनालाई थुनामा राख्न अनुमति प्रदान गरेको छ।

    प्रहरीले ११ दिनको म्याद थपको माग गरेकामा १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको आदेश भएको अदालतका श्रेष्तेदार कृतबहादुर बोहोराले बताए । उक्त घटनामा संलग्‍न भएको भन्दै प्रहरीले १८ जनालाई पक्राउ गरेर अदालतमा पेश गरेकाे थियाे।



    चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, वीरबहादुर मल्ल, प्रकाश मल्लसहित १८ जना हिरासतमा छन् । पीडित परिवारले २० जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् । जाहेरी परेकामध्य २ जना अझै फरार छन् ।



    अदालतले उनीहरुलाई जाजरकोटका ६ युवाको हत्या गरेको अभियोगमा थप अनुसन्धान गर्नका लागि थुनामा राख्न अनुमति दिएको हो।

    जेठ १० गते शनिबार प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । त्यही क्रममा ६ जनाको ज्यान गएको थियो । जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सन्दिप (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही तथा रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको उक्त घटनामा मृत्यु भएको छ ।

    ६ जनाकै शव भेरी नदी र नदी किनारमा भेटिएको थियो । नवराजको शव १० गते नै राति भेटिएको थियो भने गोविन्दको शव जेठ २० गते भेटिएको थियो । जाजरकोट भेरी नगरपालिका–४ का नवराज रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ की मल्ल थरकी १७ वर्षीया किशोरीसित प्रेम सम्बन्ध रहेको र उक्त सम्बन्धलाई विवाहमा परिणत गर्ने क्रममा युवाहरुको हत्या भएको पीडित परिवारले बताएका छन् ।

    तल्लो जातको केटासित आफ्नी छोरी नदिने भन्दै गाउँले युवाहरुमाथि आक्रमण गरेको र सोही क्रममा ६ जना युवाको ज्यान गएको पीडितका आफन्तले बताएका छन् । रुकुम पश्चिममा भएको उक्त घटनामा युवाहरु सबैको शव जाजरकोटतर्फको भेरी नदी किनारमा पाइएको थियो । पीडित परिवारले जाजरकोट प्रहरी मार्फत रुकुम पश्चिम प्रहरीमा उजुरी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार