Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कर्णाली प्रदेशमा थप १ सय ६ जनामा कोरोना पुष्टि

    कर्णाली प्रदेशमा थप १ सय ६ जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, २२ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशमा थप १ सय ६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको पछिल्लो कोरोना परीक्षणमा थप १०६ जनामा पोजेटिभ देखिएको हो ।

    प्रतिष्ठानको प्रयोगशाला विभागले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार दैलेखमा १०५ जनामा तथा मुगुमा एक जनामा कोरोना पोजेटिभ देखिएको हो ।



    आज पोजेटिभ देखिनेहरूमा दैलेख नारायण नगरपालिकाका मात्रै ६९ जना रहेका छन् । जसमध्ये ५ जना महिला महिला रहेका छन् । त्यसैगरी देवलकाँडाका १२ जना, सोतका ९ जना, मानटाकुराका ७ जना, साडुका २ जना, भगनीका ५ जना, बासकोटका १ जना कोरोना संक्रमित रहेको कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानले बताएको छ । त्यस्तै मुगु खत्याडका १ जना पुरुषमा पोजेटिभ नतिजा देखिएको हो ।



    यसअघि विभिन्न समयमा कर्णाली प्रतिष्ठानबाटै परीक्षण गरिएका दैलेख, कालिकोट, जुम्ला सहितका जिल्लाका १०७ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । यसैगरी आज एकाएक १०६ जनाको पोजेटिभ भएपछि कर्णालीमा कोरोना संक्रमितको संख्या २१३ पुगेको छ ।

    त्यसैगरी एकै दिन धेरै जनामा कोरोना पोजेटिभ देखिएपछि कर्णालीमा त्रास बढेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार