Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण

    गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, २२ जेष्ठ २०७७
  • 1.7K
    SHARES

    पाेखरा । बिहिबार थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    संक्रमित हुनेमा बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष तथा वर्ष ३३ की १ जना महिला छन् । यस्तै बाग्लुङको बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङकै गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।



    गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पर्वतको फलेबास नगरपालिकाका वर्ष २१ का २ जना पुरुष र पर्वतकै बिहादी गाउँपालिकाका २४ र २८ वर्षका २ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।



    यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका वर्ष १८ का १ जना पुरुष र म्याग्दीको मंगला गाउँपालिकाका वर्ष १९ का १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको डा. शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    सामाजिक विकास मन्त्रालयल, स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्ति अनुसार बाग्लुङ, स्याङ्जा, म्याग्दी र पर्वतमा गरी थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार