Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सीमावर्ती जिल्ला कपिलवस्तुमा सेना परिचालन

    सीमावर्ती जिल्ला कपिलवस्तुमा सेना परिचालन

    अनलाइन नेपाल
  • बिहिबार, २२ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    कपिलवस्तु । कोरोना संक्रमण नियन्त्रणका लागि सीमावर्ती जिल्लाहरुमा नेपाली सेना परिचालन गरिएको छ। कपिलवस्तु जिल्लाको कृष्णनगर सीमा नाका र मर्यादपुर सीमा नाकामा होल्डिंग क्याम्प राख्ने गरी सेनालाई परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नेपाली सेनाले यशोधरा गाउँपालिका मर्यादपुरको सुठौलीस्थित पशुपति शिक्षा मन्दिरमा होल्डिंग क्याम्प स्थापना गरि सकेको यशोधरा गाउँपालिकाले जनाएको छ।

    नेपाली सेनाका मेजरको कमाण्डमा २० जना सेनाहरुलाई होल्डिंग क्याम्प संचालनका लागि खटाईएको छ। सेनाले सीमा क्षेत्रको दश गजासंगैको नेपाल प्रवेश मुख्य गेटसँगै हेल्थ डेक्स स्थापना गरेको छ। भारतका विभिन्न शहरबाट आउने नेपाली नागरिकलाई हेल्प डेक्समा स्वास्थ्य चेकअप गरी होल्डिंग क्याम्प सम्म पुर्याईने छ। होल्डिंग क्याम्पमा भारतबाट आएका सर्वसाधारणहरुको यात्रा विवरण तथा नाम ठेगाना संकलन गरी सम्बन्धित गाउँपालिका तथा नगरपालिका पुर्‍याउने प्रवन्ध मिलाइएको यशोधरा गाउँपालिका-७ का अध्यक्ष चन्द्र प्रकाश दुवेले बताए। कोरोना संक्रमण नियन्त्रणका लागि प्रयास त गरियो तर यो प्रयास ढिलो भयो, वडाध्यक्ष दुवेले भने, ‘१ महिना अघि सम्म सीमा क्षेत्रमा दैनिक हजारौं सर्वसाधारणहरु भारतबाट आएका थिए। होल्डिंग क्याम्पको आवश्यकता त्यो बेला थियो।’



    कोरोना संक्रमणका लागि सरकारले नेपाली सेनालाई सीमा क्षेत्रमा खटाएको प्रति स्थानीयले स्वागत गरेका छन्। तर सरकारको यो कदम भने ढिलो भएको कपिलवस्तु नगरपालिका-१ का स्थानीय अगुवा युवा दिपक पाण्डेयले बताए। होल्डिंग क्याम्पमा ५० जना सम्ममा बस्ने व्यवस्थापन गरिएको छ। क्याम्पमा आउने सर्वसाधारणहरुको खानपिनको लागि यशोधरा गाउँपालिकाले प्रवन्ध मिलाएको गाउँपालिकाका प्रमुख गिरजेश पाण्डेयले बताए। कपिलवस्तु जिल्ला मुलुकमै कोरोना संक्रमित बढी भएको जिल्लामा परेको छ। जिल्लामा हालसम्म ४ सय २ जनामा कोरोना संक्रमण देखिएको छ। जिल्लाका विभिन्न पालिकाहरुले निर्माण गरेको क्वारेन्टाइनमा भारतबाट फर्केका करीब ४ हजार सर्वसाधारणलाई राखिएको छ। अन्नपुर्ण पाेष्टबाट



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार