Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • काेराेनाकाे डर देखाएर तरकारी खाल्डोमा हाल्नेमाथि कैदसहितकाे सजाय हुने

    काेराेनाकाे डर देखाएर तरकारी खाल्डोमा हाल्नेमाथि कैदसहितकाे सजाय हुने

    अनलाइन नेपाल
  • बिहिबार, २२ जेष्ठ २०७७
  • 4.6K
    SHARES

    काठमाडौं । अब काेराेना भाइरसकाे डर देखाएर तरकारी नष्ट गर्नेलाई कारवाही गर्ने तयारी संघीय सरकारले गरेकाे छ । कृषि उपज ओसार–पसार तथा बिक्री वितरणमा अवरोध गर्ने वा तरकारी नष्ट गर्नेलाई कैदसहितकाे सजाय हुने भएकाे छ।

    संघीय सरकारका चारवटा मन्त्रालयले कृषि उपज ढुवानीमा अवरोध रोक्ने र नष्ट गर्नेलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । बुधबार विज्ञप्ति जारी गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषकको उत्पादन बाटोबाटै जफत गरेर नष्ट गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।



    देशका विभिन्न जिल्लामा कृषि उपज नष्ट गरिएको घटना दण्डनीय भएको भन्दै मन्त्रालयले अत्यवश्यक खाद्य वस्तुको पहुँचबाट वञ्चित हुने कार्य गर्नेलाई १० वर्ष कैद तथा १० लाख रुपैयाँ जरिवाना हुन सक्ने भन्दै सचेत गराएको छ ।



    कास्की र अर्घखाँचीमा किसानको तरकारी सरकारी संयन्त्रबाटै नियन्त्रणमा लिएर नष्ट गरिएको घटनाको चौतर्फी आलोचना भएपछि संघीय सरकारले कृषि उपज ढुवानीमा अवरोध रोक्ने र नष्ट गर्नेलाई कारवाही गर्ने चेतावनी दिएका हुन् ।

    त्यस्तै बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै गृह मन्त्रालयले कृषि उपज ढुवानी तथा बिक्री वितरण सहज बनाउन र अवरोध गरिए कारबाही गर्न निर्देशन दिएको छ ।

    त्यसैगरी स्वदेशमा उत्पादीत कृषि उपजलाई निषेध तथा नष्ट गर्ने अवैज्ञनिक कदमले किसानहरु हतोत्साहित भएको भन्दै सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक सूचनामार्फत यस्तो कार्य नगर्न सबैलाई आग्रह गरेको थियो ।

    त्यस्तै कृषि मन्त्रालयको अनुरोधमा मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै कृषि सामाग्री तथा उत्पादनको बिक्रि वितरण तथा ढुवानी अबरोध तत्काल हटाउन स्थानीय तहलाई पत्राचार गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार