Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • कोरोना संक्रमण बढेपछि हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लगिँदै

    कोरोना संक्रमण बढेपछि हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लगिँदै

    अनलाइन नेपाल
  • बुधबार, २१ जेष्ठ २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार बसेको बैठकबाट  हेल्थ इमर्जेन्सी अर्थात स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय भएको छ ।

    दुई हजारभन्दा बढीमा कोरोना संक्रमण  देखिएकाले संक्रामक रोग ऐन २०२० अन्तर्गत हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव गर्ने निर्णय गरिएको मन्त्रालयको कोभिड इन्सिडेन्ट कमाण्ड सिस्टमको प्रमुख डा.गुणराज लोहनीले बताए ।



    संक्रमणको दर बढ्दै जाँदा अस्पतालको बेड, क्वारेन्टिनको क्षमता, लजिस्टिक र जनशक्ति नपुग्ने भएकाले मन्त्रालय संकटकाल लगाउने निर्णयमा पुगेको हो । ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ मा दुई हजारभन्दा बढी कोरोना संक्रमित पुगे घरमै आइसोलेसनमा राख्ने उल्लेख गरिएको छ।



    यस्तै, दुई हजारदेखि पाँच हजारसम्म संक्रमित पुगेमा दोस्रो चरणको उपचार रणनीति लागु हुनेछ भने पाँच हजारदेखि १० हजार संक्रमित पुगेको अवस्थामा मन्त्रालयको तेस्रो चरणको उपचार रणनीति लागु हुने वताइएको छ ।  सरकारले जारी गरेको हेल्थ इमर्जेन्सीमा विश्व स्वास्थ्य संगठनले घोषणा गरेको ग्लोबल इमर्जेन्सी र महामारीका सर्तहरु लागु हुने डा. लोहनीले थप वताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार