Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • बिहान ११ बजेसम्म पसल र व्यवसाय खुल्ला गर्ने निर्णय, सरकारले बन्द गरे कर नतिर्ने

    बिहान ११ बजेसम्म पसल र व्यवसाय खुल्ला गर्ने निर्णय, सरकारले बन्द गरे कर नतिर्ने

    अनलाइन नेपाल
  • बुधबार, २१ जेष्ठ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले भोलि देखी बिहान ११ बजेसम्म पसल र व्यवसाय खुल्ला गर्ने निर्णय गरेका छन् ।

    महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि आधा दिन पसल र व्यवसाय खुला गर्ने निर्णय गरेको हो ।



    सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता  अपनाएर पसल खुल्ला राख्ने निर्णय भएको छ।



    सरकारले जेष्ठ ३२ गते सम्म लकडाउनको घोषणा गरेको भए पनि पसल व्यवसायहरु खुला गर्दा  राज्यबाट बन्द गर्न दबाव आयो वा बल प्रयोग भएको खण्डमा  राज्यलाई तिर्ने कर, घरभाडा, बैंकको ब्याजदर र कर्मचारीको तलवभत्ताको जिम्मासमेत सरकारले नै लिनुपर्ने महासंघले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार