Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घरबाट निकाल्ने घरबेटीलाई कारबाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)लाई निर्देशन दिएको छ ।

महामारीका बेला अग्रभागमा खटिएका राष्ट्रसेवक कर्मचारीसंकटका बेला अग्रभागमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथी हातपात, कुटपिट, गालीगलौज गर्ने, कोठा भाडाबाट निकाल्ने, घरमै आउन नदिने जस्ता गैरकानुनी तथा अमानवीय गतिविधिका उजुरी तथा गुनासा बढेको भन्दै मन्त्रालयले विशेष सर्कुलर जारी गरेको जनाएको छ ।

आज दिउसो गृह मन्त्रालयले विशेष परिपत्र गर्दै यसलाई कडाइका साथ नियन्त्रण गर्न र संलग्नमाथी कारबाही गर्न निर्देशन दिएको छ ।

पछिल्लो समय देशभरका क्वारेन्टिनमा बसेका व्यक्तिबाट स्वास्थ्यकर्मिमाथि सांघातिक आक्रमण, घरबेटीहरुले स्वाथ्यकर्मी तथा प्रहरीहरुलाई घरबाट जबर्जस्ती निकालिएका जस्ता घटना बढेको समाचारहरु आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077